बागमती


हेटौंडा सिमेन्ट उद्योगमा चोरी, एक सातासम्म घटना गुपचुप

हेटौंडा सिमेन्ट उद्योगमा चोरी, एक सातासम्म घटना गुपचुप

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार २०:५५, हेटौंडा

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा चोरी भएको छ।

उद्योगमा गत असोज २२ गते राति करिब १० लाख रुपैयाँ बराबरको क्रसरमा प्रयोग हुने तार चोरी भएको उद्योगका महाप्रवन्धक वसन्त कुमार पाण्डेले बताए।

चोरीको विषयमा प्रहरीलाई जानकारी गराइएको पाण्डेले बताए।

यद्यपी एक साता अघिनै चोरी भएपनि उद्योग प्रशासनले एक सातापछि बुधबार (हिजो) मात्र प्रहरीमा निवेदन दर्ता गराएको छ।

अनौपचारिकरुपमा प्रहरीलाई चोरीको घटना भएलगत्तै जानकारी गराइए पनि दसैँ विदाका कारण बुधबार (हिजो) मात्रै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा घटनाबारे जानकारी गराएर लिखित निवेदन दिइएको उद्योगका महाप्रवन्धक पाण्डेले जानकारी दिए।

ता, मकवानपुर प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काले घटनाबारे छानबिन भैरहेको जानकारी दिए। उद्योगको सुरक्षाका लागि राखिएको गार्डले घटनाको विषयमा खबर नगर्नुले घटना रहस्यमय रहेको प्रहरी प्रमुख खड्का बताउँछन्।

उद्योगमा काठमाडौंको बज्र सेक्युरिटी कम्पनीले सुरक्षा प्रदान गर्दै आइरहेको छ।

तार चोरी भएसँगै उद्योग सञ्चालनमा समस्या हुने भएको बताइएको छ। क्रसरमा प्रयोग भएका विभिन्न प्रकारका करिब डेढ सय मिटर तार चोरी भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad