असोज महिनामा वैदेशिक लगानी प्रतिबद्धता स्वीकृति १४ करोड रुपैयाँले घटेको छ।
भदौ महिनामा ४ अर्ब ११ करोडमाथिको लगानी प्रतिबद्धता स्वीकृत गरेको उद्योग विभागले असोजमा ३ अर्ब ९७ करोड रुपैयाँको प्रतिबद्धता स्वीकृत गरेको हो।
आर्थिक वर्षको पहिलो महिनामा उत्साहजनक देखिएको लगानी प्रतिबद्धता त्यसपछिका महिनाहरुमा भने निरन्तर खस्किँदै गएको छ। चालू आवको साउन महिनामा कुल ९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएकोमा भदौमा घटेर ४ अर्ब ११ करोड र असोजमा ३ अर्ब ९७ करोड रुपैयाँमा झरेको हो।
यसअनुसार अटोमेटिक (स्वचालित) रुटबाट १५ करोड १० लाख रुपैयाँबराबरको प्रतिबद्धता आएको छ। स्वचालित रुटबाट २१ वटा लगानीका प्रस्ताव स्वीकृत हुँदा अप्रभुल रुटबाट ३ अर्ब ३० करोड ५३ लाख रुपैयाँबराबरको ३४ वटा लगानीका प्रस्ताव स्वीकृत भएका छन्।
यस्तै विभागले ८ वटा प्रस्ताव भने सेयर खरिदमा गर्ने लगानीलाई स्वीकृति दिएको छ। सेयर खरिदका लागि विभागले ५१ करोड ९८ लाख रुपैयाँबराबरको वैदेशिक लगानीको प्रस्ताव स्वीकृत गरेको हो।
समग्रमा चालू आवको तीन महिनामा १७ अर्ब ५५ करोड ७४ लाख रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएका छन्। जसमा स्वीकृति लिएर लगानी प्रस्ताव गर्ने प्रक्रियाबाट १५ अर्ब ४२ करोड ७७ लाख रुपैयाँबराबरको लगानी प्रस्ताव स्वीकृत हुँदा अटोमेटिक रुटबाट भने १ अर्ब १ करोड रुपैयाँबराबरको लगानी प्रस्ताव स्वीकृत भएको छ।
असोज महिनासम्म सेयर खरिदका लागि परेको प्रस्तावमा भने विभागले कुल १ अर्ब ११ करोड रुपैयाँबराबरका १० वटा प्रस्ताव स्वीकृत गरेको छ।
Shares

प्रतिक्रिया