नेपाल राष्ट्र बैंकले १३ दिनको लागि कात्तिक १ गते १ खर्ब निक्षेप संकलनको बोलकबोल गर्ने भएको छ।
बैंकले बजारबाट १ खर्ब लगानीयोग्य रकम प्रशोचन गर्नलागेको हो।
भोलि नै बोलकबोल गरी उक्त निक्षेप संकलन गरिनेछ। यसको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। ब्याज भुक्तानी आगामी कात्तिक १४ मा गरिनेछ।
राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र यो प्रक्रियामा सामेल हुन पाउनेछन्। घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
उक्त रकम राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न समेत सकिनेछ।
48
Shares

प्रतिक्रिया