कारोबार


संखुवासभाको चिचिलामा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

संखुवासभाको चिचिलामा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १०:५०,

प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ। गापा अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाज्यूको प्रमुख आतिथ्यतामा एक दिने वित्तीय साक्षरतासम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम गरिएको बैंकले जनाएको छ।

चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधि, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो।

एक दिने कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आप्mना भनाइहरु राखेका थिए।

स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको स्रोत बढाउन सकिने बारेमा उनले बताए। चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएको भएतापनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासीहरु नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पनन हुन सकिने उनको भनाइ थियो।

गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधि र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक र सेजनलाई विशेष धन्यबाद प्रकट गरे।

कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, वरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभु बैंक खाँदबारी शाखा कार्यालयका शाखा प्रमुख सुमन बस्नेतलगायतले वित्तीय व्यवस्थापनबारे आ–आफ्ना भनाइ राखेका थिए।

प्रभु बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न यस वित्तीय साक्षरतासम्बन्धी अन्तत्र्रिmयात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गरेको बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad