कारोबार


सेयरबजारमा ८६ अंककाे पहिरो 

सेयरबजारमा ८६ अंककाे पहिरो 

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १०:१८,

मंगलबार सेयरबजारमा नकारात्मक सर्किट ब्रेक भएको छ। नेप्से सूचक ८६.३९ अंकले अर्थात् ६.०२ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको हो।

सूचक ५ प्रतिशत बढी वा घटी हुँदा सेयरबजारमा सर्किट ब्रेक लाग्छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ५.६४ प्रतिशतले ओरालो लागेको छ। सेन्सिटिभ सूचक आज १७.३५ अंकले घटेको छ।

कुल १ सय ६१ कम्पनीको कारोबार भएकामा कारोबार रकम १ अर्ब ७ करोड ६६ लाख रुपैयाँ छ। आज उक्त कम्पनीको ९ हजार २ सय ३९ पटकको कारोबारमा २७ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कुल बजार पुँजीकरण १७ खर्बको र तरल बजार पुँजीकरण ६ खर्बको रह्यो। कुल १२ समूहमध्ये सबैको कारोबार सूचक ओरालो लागेका छन्। सबैभन्दा बढी जीवन बीमाको ७६२.९२ अंकले र निर्जीवन बीमाको ३६२.१९ अंकले कारोबार सूचक घटेको छ।

आज नेपाल लाइफ इन्स्योरेन्सले उच्च कारोबार गरेको छ। उसको ८ करोड ५८ लाखको, एनआईसी एसिया बैंकको ८ करोड २० लाखको, एनएमबी बैंकको ६ करोड ७९ लाखको, नबिल बैंकको ४ करोड ८३ लाखको र ग्लोबल आईएमईको ४ करोड ६० लाखको कारोबार भएको छ।

आज कमाउने कम्पनीका लगानीकर्ताले ३.७६ प्रतिशतसम्म र गुमाउने लगानीकर्ताले १० प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad