१६ वर्षमा आरोहण सुरु गरेका निमारिञ्जी शेर्पाले १८ वर्षमा विश्वका १४ वटै हिमाल आरोहण गरेका छन्।
बुधबार तिब्बतको ८ हजार २७ मिटर अग्लो शिसापाङमा आरोहणपछि विश्व रेकर्ड कायम गरेका हुन्।
बुधबार बिहान उनले आफ्नो सफल आरोहण गरेका थिए। विश्वका ८ हजार मिटरमाथिका १४ हिमाल छन्। उनले सानो उमेरमै सबै अग्ला हिमालको चुचुरो चुमे।
निमाले आफ्नै काका मिङ्मा गाबु शेर्पाको रेकर्ड तोडेका हुन्। मिङमाले २०१९ मा ३० वर्षको उमेरमा १४ हिमाल आरोहण गरेका थिए।
२ वर्षअघि मनास्लु हिमाल आरोहणबाट १४ पिक सुरु गरेका थिए। २०२३ मै उनले ९ हिमाल आरोहण पूरा गरेका थिए। २ वर्ष ४० दिनमा १४ वटै चुचुरोमा पुगेका उनले अधिकांश हिमाल आरोहण कम उमेरमै गरेको रेकर्ड बनाएका छन्।
१७ वर्षको उमेरमा सगरमाथाको टुप्पोमा पुगेका थिए।
‘म १४औँ ८ हजार मिटरमाथिको पिकमा उभिएको छु। आफ्नो विश्व रेकर्ड बुबा तासी लाक्पा शेर्पा र आमा लिमा शेर्पालाई समर्पण गर्छु’, विश्व रेकर्ड कायम गरेपछि सञ्जालमा उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया