चाडपर्वको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दसैँभरि सिप्रदीको फास्ट डिसी चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ।
साथै टाटा मोटर्सले आफ्ना देश भरिको सर्भिस सेन्टरहरूबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ।
बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरू खुल्ला हुनेछन्। जसमा प्यासेन्जर तथा ट्याक्सीहरू सर्भिसिङ तथा चार्जिङको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरू मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ।
बाटोमा रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ।
कम्पनीका अनुसार निःशुल्क चार्जिङ एक्प्रेस टिमा लागू हुने छैन।
सिप्रदीको नेपालभरि १८५ं चार्जिङ नेटवर्क र १६ वटा भन्दा धेरै सर्भिस सेन्टरहरु रहेका छन्।
Shares

प्रतिक्रिया