कला


बिग बोसबाट ‘गधा’ हटाउन सलमान खानलाई ‘पेटा’को पत्र

बिग बोसबाट ‘गधा’ हटाउन सलमान खानलाई ‘पेटा’को पत्र

बिग बोस १८ को सेटमा सलमान खान


नेपालखबर
असोज २३, २०८१ बुधबार २०:३१, काठमाडौँ

पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) इन्डियाले बुधबार बलिउड अभिनेता सलमान खानलाई पत्र लेखेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार पत्रमा सलमानलाई ‘बिग बोस १८’ को सेटबाट गधा हटाउन अपिल गरिएको छ।

खानलाई पठाएको पत्रमा पेटा इन्डियाले गधाको प्रयोगप्रति चिन्ता व्यक्त गरेको छ। रियालिटी शो ‘बिग बोस १८’ मा ‘गधराज’ १९औँ प्रतियोगीका रूपमा प्रस्तुत गरिएको छ। 

पेटाले के भन्यो?

(पेटा) इन्डियाका प्रतिनिधि शौर्य अग्रवालले सलमान खानलाई लेखेको पत्रमा भनिएको छ, ‘उनले आफ्नो प्रभाव प्रयोग गरेर शोका निर्माताहरूलाई मनोरञ्जनका लागि जनावरहरू प्रयोग नगर्न अनुरोध गर्नुपर्दछ।’ 

‘यसले जनावरहरूलाई हुने पीडा र दर्शकलाई पर्ने समस्या मात्र रोक्दैन, एउटा बलियो उदाहरण पनि स्थापित गर्न्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad