कारोबार


फूलपातीको दिन निगमको न्यारोबडी विमानले काठमाडौँ-भैरहवा उडान गर्ने

फूलपातीको दिन निगमको न्यारोबडी विमानले काठमाडौँ-भैरहवा उडान गर्ने

नेपालखबर
असोज २१, २०८१ सोमबार १६:२३, काठमाडौँ

नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौँबाट भैरहवा उडान गर्ने भएको छ। 

आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले उक्त दिन उडान अनुमति जारी गरिएको छ। दसैँमा आ–आफ्नो घरमा जान सहज होस् भनेर फूलपातीको दिन काठमाडौँ–भैरहवा निगमको ए ३२० जहाज सञ्चालन हुने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 

आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो।

यसअघि हिमालय एयरलायन्सको न्यरोबडीले काठमाडौँ-पोखरा-काठमाडौँमा यात्रु नराखेर टेस्ट फ्लाइट मात्रै गरेको थियो।

असोज १० र ११ गतेको भारी वर्षाका कारण भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यारोबडी विमान पठाउन पहल गरिएको हो। 

निगमले मोबाइलबाट समेत अनलाइन टिकट लिनसक्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad