ad ad

राजनीति


रवि लामिछानेले क्लिन चिट पाउनुभयो : वाग्ले

रवि लामिछानेले क्लिन चिट पाउनुभयो : वाग्ले

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १७:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाएको दाबी गरेका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगीको आरोपमा लामिछानेले क्लिन चिट पाएको बताएका हुन्। उनले अहिले सहकारीको वास्तविक ठगहरूको प्रकरण भने उजागर भएको बताए।

वाग्लेले लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानबिन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको दाबी गरे।

‘सहकारीको रकम व्यक्तिगत खातामा, कम्पनीमा ल्याउन रवि लामिछानेको भूमिका छ भनेर ठग जस्तो अप्रिय आरोप लगाएर राजनीतिक क्षेप्यास्त्र नै छेडेर रास्वपालाई क्षति गर्न सकिन्छ कि भन्ने मख्सदले संसदीय समितिको माग गरिएको थियो पहिला’ उनले भने, त्यो पूर्ण रुपमा खारेज भएको छ। रवि लामिछानेजीले आज क्लिन चिट पाउनुभएको छ।’

उनले छानबिन समितिले देशलाई भलो कुने काम गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .