ad ad

कारोबार


औषधि उत्पादक संघले भन्योः ६ महिनालाई औषधि अभाव हुँदैन

औषधि उत्पादक संघले भन्योः ६ महिनालाई औषधि अभाव हुँदैन

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १०:१२,

नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ। भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो।

संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए।

उनले भने, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो। भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै ३ महिनाको लागि छ भनेर भनेको छ। भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन् । हामी आत्तिनुपर्ने अवस्था छैन।’

संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए। अप्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए। उनले भने, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ। विदेशीले जुनसुकै बेला रोक्यो भने पनि तयार छौँ। हारगुहार गर्नुपर्ने अवस्था छैन। सरकारले प्रोत्साहन ग¥यो भने २ वर्षमा नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउँछौँ।’

चीनको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ। भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगएपछि नेपाली बजारमा औषधिको अभाव हुनसक्ने भन्दै आंकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .