ad ad

समाज


अमेरिकाद्वारा कोरोना संक्रमण रोक्न सहयोगी सामाग्री प्रदान

अमेरिकाद्वारा कोरोना संक्रमण रोक्न सहयोगी सामाग्री प्रदान

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १०:१२,

नोभल कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमण रोक्ने सरकारको प्रयासमा सहयोग गर्न अमेरिकी सरकारले शुक्रबार अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ।

यी पीपीई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले प्रदान गरेको, नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ।

प्रदान गरिएका उपकरणमा ३,००० मास्क, २,५०० चेहरा कवच, २,००० जुत्ता ढाक्ने खोल, २,१०० सर्जिकल टोपी, १,००० ट्राउजर तथा ट्युनिकस र १० वटा थर्माे फ्ल्यास थर्माेमिटर रहेको शुक्रबार दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

USAID aid corona 1

‘यी सामाग्री तोकिएका अस्पतालहरूमा कोभिड–१९ लागेको शङ्का गरिएकाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षामा प्रयोग गरिनेछ,’ दुतावासले भनेको छ। ‘प्रदान गरिएका यी सामाग्रीको एक भाग देशमा कोभिड–१९ को प्रकोप फैलिएमा प्रतिक्रिया जनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालभर विद्यमान राष्ट्रिय तथा क्षेत्रीय गोदामहरूमा पनि अग्रिम रूपमा राख्नेछ।’

यसअघि, फागुन ६ गते अमेरिकी सरकारको रक्षा सहकार्य कार्यालयले वुहान सहरबाट उद्धार गरिएका नेपाली विद्यार्थीको क्वारेन्टाइन गर्ने कार्यमा मद्दत गर्न नेपाली सेनालाई चिकित्सकीय व्यक्तिगत सुरक्षा उपकरणका ७ थान, लेटेक्स पन्जा ४०० थान, र जैविक जोखिमका वस्तु बोक्ने झोला ११० थान हस्तान्तरण गरेको पनि उसले बताएको छ।

कोभिड–१९ को नियन्त्रणका प्रयासमा नेपाल सरकारसँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा युएसएआइडीले खुशी व्यक्त गरेको छ।

corona PPP

‘अनुदानमा दिइएका यी पीपीई सामाग्रीले गुणस्तरीय, जिवनरक्षक स्वास्थ्यसेवामा सबै नेपाली जनताको पहुँच सुनिष्चित गर्नेप्रति अमेरिकी सरकारको दीर्घकालीन कटिबद्धताको पुनः पुष्टि गर्दछ,’ युएसएआईडी–नेपालकी कार्यवाहक प्रमुख एड्रिएना हेजले बताएकी छन्।

हस्तान्तरण समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले प्राप्त अत्यावश्यक सामाग्री अत्यन्त सामयिक भएको बताए।

‘यिनको प्रयोगले अग्रपङ्क्तिमा रही कोभिड–१९ को संक्रमण रोकथाम गर्न कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा गर्न सहयोग पुग्नेछ,’ यादवले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .