ad ad

कारोबार


कर्मचारीलाई बेतलबी विदामा जान प्रोत्साहन गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

कर्मचारीलाई बेतलबी विदामा जान प्रोत्साहन गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १०:६,

वायुसेवा सञ्चालक संघ नेपालले कोरोना भाइरसका कारण कर्मचारीलाई बेतलबी विदामा जान प्रोत्साहन गर्ने निर्णय गरेको छ।

संघमा आबद्ध सञ्चालकहरुको बिहीबार बसेको बैठकले कर्मचारीलाई बेतलबी विदामा जान प्रोत्साहन गर्ने, माग नहुने जहाज भूमिस्थ (ग्राउन्डिङ) गर्ने, खर्चमा मितव्ययिता अपनाउनेलगायतका निर्णय गरेको हो।

संघले सेवा सुविधा समेत कटौती गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। कोरोना भाइरसको संक्रमण संसारभर फैलिनथालेको, हरेक क्षेत्रमा त्रास सिर्जना भएको र प्रत्येक देशमा अकल्पनीय संकट देखा पर्नथालेको भन्दै संघले सरकारलाई विभिन्न सुझाव समेत दिइसकेको जनाएको छ।

bayusewa nirnaya

संघका अनुसार वायुसेवा प्रदायकले बैंकलाई तिर्नुपर्ने ब्याजलाई राष्ट्र बैंकमार्फत रिफाइनान्स गरी भुक्तानी व्यवस्था मिलाउने, कम्पनीले बैंकबाट डलरमा लिएको ऋणको सावाँ पुनर्तालिकीकरण र पुनर्संरचनाको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै, हवाइ इन्धनमा सरकारले लगाउँदै आएको मूल्यअभिवृद्धि कर हटाउने, हवाइ इन्धनको मूल्य ३० प्रतिशत कम्तीमा पनि घटाउनुपर्ने, बीमाशुल्कमा लाग्दै आएको मूअ करमा पूर्ण छुट दिनुपर्ने, आयल निगमले माग्दै आएको नगद धरौटीको साटो बैंक ग्यारेन्टीलाई मान्यता दिनुपर्ने, इन्जिन लगायत वायुयानका सीमित पार्टपुर्जामा दिइँदै आएको मूअ कर छुट सबै पार्टपुर्जामा दिइनुपर्ने, विमान अवतरणलगायतको नेभिगेसन शुल्क २०२० भरि छुट दिनुपर्ने समेत माग गरेको संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .