राजनीति


जबजको नामकरणमा मेरो पनि भूमिका छ : नेपाल

जबजको नामकरणमा मेरो पनि भूमिका छ : नेपाल

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ११:२३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताएका छन्।

मदन भण्डारी फाउन्डेसनले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृंखला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ विषयकको छलफल कार्यक्रममा उनले जबजको नामकरण गर्न आफ्नो पनि भूमिका रहेको बताए। उनले जबजले पार्टी, समाज र राज्यसत्ता सञ्चालनमा भूमिका खेल्ने बताए।

उनले कतिपयले जबजलाई माक्र्सवादको विचलन भनी लगाएको आरोप आफूले सुन्ने गरेको बताउँदै जबजलाई पार्टी संगठन सुदृढीकरण र वैचारिक पक्षमा उभ्याउनुपर्नेमा जोड दिए। मदन भण्डारीले कम्युनिस्ट आन्दोलनमा दिएको योगदान अविस्मरणीय रहेको बताउँदै उनले पार्टी एकतापछि जबज र २१औँ शताब्दीको जनवादबाट नै नयाँ पार्टीको सिद्धान्त बनाइने जानकारी दिए।

जबजले नै राजनीतिक क्रान्ति सफल पार्न भूमिका खेलेको हो भन्दै पूर्वप्रधानन्त्री नेपालले क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुदृढ गरेर समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे। ‘समाजवाद नै अहिलेको ध्येय हो। त्यसैले समाजवादका लागि पूर्वाधार निर्माण गर्नुपर्छ’, उनले भने।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले जबजको दस्तावेजीकरण गरी नयाँ पुस्तालाई जानकारी गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताइन्।

गत भदौदेखि शुरु गरिएको शृंखलाबद्ध छलफलमा नेकपा सचिवालय सदस्य वामदेव गौतम, नेता मोदनाथ प्रश्रित, प्रदीप नेपाल र मुकुन्द न्यौपाने सहभागी भइसको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad