ad ad

कारोबार


कमान्डरले छोड नभनेसम्म मैदान छोड्दिनः अर्थमन्त्री खतिवडा

कमान्डरले छोड नभनेसम्म मैदान छोड्दिनः अर्थमन्त्री खतिवडा

नेपालखबर
फागुन २१, २०७६ बुधबार ११:५६,

नवनियुक्त अर्थमन्त्री डा.युवराज खतिवडाले कमान्डरले छोड नभनेसम्म मैदान नछोड्ने बताएका छन्।

बुधबार दोस्रो पटक पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ ईंगित गर्दै ‘कमान्डरले मैदान छोड’ नभनेसम्म मैदान नछोड्ने’ बताए।

आफू विकासको अटल लडाकु रहेको र त्यसमा लडिरहने भएकोले मैदान छोडेर नजाने उनको भनाई थियो।

उनले मन्त्री पदबाट २४ घण्टा आफू क्यारेन्टइनमा बसेर फर्किएको बताए। २४ घण्टा बसेर फर्कंदा आफू थप बढी हौसला लिएर आएको उनको भनाई थियो। थप उर्जा आएकोले काममा पनि प्रभाव पर्ने उनले बताए।

२ वर्ष अघि यो समयमा आफू अर्थमन्त्री हुँदा स्वेत पत्र जारी गरेको स्मरण गर्दै उनले स्वेतपत्रमा उल्लेख भएका कुरा र अहिलेको अर्थतन्त्रलाई तुलना गर्न आग्रह पनि गरे।

अहिले नेपालको अर्थतन्त्र सुधार भैरहेको समेत अर्थमन्त्री खतिवडाको दाबी थियो। ‘२ वर्षमा नै नेपालको अर्थतन्त्र उथल पुथल हुन्छ भनेर कसैले आंकलन गरेको थियो भने त्यो आंकलन मात्रै थियो’ उनले भने, ‘तर सुधारको विश्वास थियो भने त्यो चाहीँ पूरा भएको छ।’

अहिले नेपालको निर्यात बढेको स्वदेशी उत्पादन बढिरहेको, सोधानान्तर बचत रहेको, ब्यापार घाटा कम हुँदै गइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .