ad ad

कारोबार


ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

नेपालखबर
भदौ २, २०८१ आइतबार १३:१४, काठमाडौँ

नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन्।

एक कार्यक्रमबीच आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाएका हुन्। 

पदभार सम्हाल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमँ राखेर काम गर्ने बताए। 

साथै, बैंकको डिजिटलाइजेसनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

यस्तै, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुने विश्वास व्यक्त गरे। 

ग्लोबल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने बताए।

ग्लोबल आइएमई बैंक निक्षेपकर्ता र शाखा बिस्तारमा देशकै ठूलो बैंक मानिन्छ। ग्लोबल आइएमई बैंकको नयाँ सीईओका रुपमा नियुक्त भएका रेग्मी यसअघि नायब प्रमुख कार्यकारी अधिकृत थिए। 

सीईओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .