ad ad

बागमती


बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

नेपालखबर
भदौ २, २०८१ आइतबार १३:१८, काठमाडौँ

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्।

दोलखाको तामाकोशी गाउँपालिका–३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बामगती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्। 

नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले जानकारी दिए।

२५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आएका काफ्लेले यसअघि पूर्व कानुन तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरेका थिए।

नेपाल बार एसोसिएसनको सदस्य समेत रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरेको अनुभव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .