कारोबार


कम्पनीमा गएपछि १४५ प्रतिशतले बढ्यो राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा

कम्पनीमा गएपछि १४५ प्रतिशतले बढ्यो राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १४:१३, काठमाडौँ

लामो समय घाटामा रहेको राष्ट्रिय जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १५ करोड रुपैयाँमाथिको नाफा गरेको छ।

संस्थानबाट सार्वजनिक कम्पनीमा गएपछि कम्पनीको नाफामा दुई गुणाले वृद्धि देखिएको हो। 

गत वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले कुल नाफा १५ करोड ३६ लाख  ८६ हजार रुपैयाँ खुद नाफा कमाएको हो।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ करोड २६ लाख १५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो। यो एक वर्षमा कम्पनीले खुद नाफामा १४५ प्रतिशतले वृद्धि गरेको हो। 

कम्पनीले प्रिमियम संकलन बढाएको छ। अघिल्लो वर्ष ८ अर्ब ४९ करोड रुपैयाँ प्रिमियम संकलन गरेकोमा यो वर्ष बढाएर ९ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ भने लगानीबाट ५ अर्ब ४० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ।

यो वर्ष प्रिमियम बढि उठाएको कम्पनीले लगानीलाई पनि बढाएको छ। अघिल्लो वर्ष ४१ अर्ब रुपैयाँमात्रै लगानी गरेको कम्पनीले गत वर्ष ४४ अर्ब ९६ करोड रुपैयाँलगानी गरको हो।

अघिल्लो वर्ष कम्पनीले लगानीबापतको ब्याज आम्दानी ४ अर्ब ३ करोड रुपैयाँगरेकोमा यो वर्ष बढाएको हो। यस्तै कम्पनीले नाफा बढाउनका लागि खर्चमा यो वर्ष कटौती गरेको देखिन्छ। कम्पनीले अन्य खर्च शिर्षकमा अघिल्लो वर्ष २२ करोड ६१ लाख रुपैयाँ खर्च गरेकोमा यो वर्ष १८ करोड ६५ लाख रुपैयाँमात्रै खर्च गरेको हो।

यता कर्मचारीमा भने खर्च सामान्यले रकमले बढाएको छ। अघिल्लो वर्ष ५६ लाख हजार रुपैयाँ कर्मचारीमा खर्च गरेको कम्पनीले गत वर्ष ५९ लाख रुपैयाँ खर्च गरेको हो। अन्य सञ्चालन खर्च शीर्षकमा भने अघिल्लो वर्ष २७ करोड ४९ लाख रुपैयाँ खर्च गरेको कम्पनीले यो वर्ष घटाएर २७ करोड ७३ हजार रुपैयाँमात्रै खर्च गरेको हो।

कम्पनीले प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आवमा ३४.५९ रुपैयाँ रहेकोमा यो वर्ष बढेर ११३.२० रुपैयाँ पुगेको हो। 

संस्थानबाट सार्वजनिक कम्पनीमा परिणत भएको यो कम्पनीले चाँडै सर्वसाधरणमा प्राथामिक सेयर निष्काशन गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad