समाज


भदौ र असोजमा कार्यालय सफाइ अभियान चलाउन मन्त्री पौडेलको आग्रह

भदौ र असोजमा कार्यालय सफाइ अभियान चलाउन मन्त्री पौडेलको आग्रह

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १४:२०, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेँगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन्।

डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशील बनाउँदै निगरानी गर्न भनेका हुन्।

बढी मानिसको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा डेँगु नियन्त्रणमा योगदान पुग्ने उनको भनाइ थियो। जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा भूमिका खेल्नुपर्ने, टेलिफोनको रिङटोनमा डेँगुबाट बच्ने उपायहरूको सूचना दिने व्यवस्था मिलाउन र कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रबार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह पनि उनले गरे।

भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेँगु नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad