मेटलाइफले धनुषाको जनकपुरमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो सञ्जाल विस्तार गरेको छ।
कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले कार्यालयको उद्घाटन गरे। थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३३ वटा कार्यालय पुगेको छ।
नयाँ एजेन्सी कार्यालय जनकपुरको भानुचोकमा रहनेछ। विस्तारले धनुषाको जनकपुर क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ।
यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन्।
3
Shares

प्रतिक्रिया