नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्धनिर्देशक रघुनन्दन मारू निर्वाचित भएका छन्।
संघको २०औँ वार्षिक साधारणसभाले अध्यक्षमा मारूसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
काठमाडौंमा आयोजित साधारणसभाले उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड, महासचिव राजाराम खड्का र कोषाध्यक्ष अरुणकुमार कर्णलाई निर्वाचित गरेको हो।
निर्वाचित हुने सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाब्देन तामाङ, आदित्य संघई, विष्णु अग्रवाल, नन्दीकेशर पौडेल, केशवप्रसाद उप्रेती, ह्वाङ सी जंग, अनिल रुंगटा र राजन झा रहेका छन्।
संघको निवर्तमान अध्यक्ष ध्रुव थापा रहेका छन् । त्यस्तै, संघको सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुरारका र साहिल अग्रवाल रहेका छन् ।
474
Shares

प्रतिक्रिया