तेजाव पीडितहरूको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी भदौ ७ गतेबाट रिलिज हुने कलाकार तथा निर्देशक रमित ढुंगानाले जानकारी दिए।
‘पहिलेबाट यही मितिमा रिलिज गर्ने सोच थियो। प्रधानमन्त्रीज्यूको डबिङ सकेपछि रिलिज मिति घोषणा गरेका हौं। तीनदिनपछि फिल्मको ट्रेलर पनि आउँदैछ,’उनले भने।
यस फिल्ममा केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिएका छन्।हिजो (शनिबार) मात्रै ओलीले फिल्मको डबिङ गरेका थिए।
यो फिल्म लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ सँग भिड्दैछ।
रमितनै निर्माता रहेको फिल्मको कथा शिवम् अधिकारी लेखेका हुन्। यस फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुन, सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, लगायतको अभिनय छ।
फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पनि विशेष भूमिकामा छन्।
Shares

प्रतिक्रिया