कारोबार


ऋणात्मकबाट २ रुपैयाँमा पुग्यो नेपाल फाइनान्सको प्रतिसेयर आम्दानी, नाफा भने १९ लाखले घट्यो

ऋणात्मकबाट २ रुपैयाँमा पुग्यो नेपाल फाइनान्सको प्रतिसेयर आम्दानी, नाफा भने १९ लाखले घट्यो

नेपालखबर
साउन २०, २०८१ आइतबार १२:५३, काठमाडौँ

सेयरबजारमा छोटो समयमै २२ सय रुपैयाँ हाराहारी प्रतिकित्ताको दरमा पुगेको नेपाल फाइनान्सको वित्तीय विवरण भने खस्किएको छ।

कम्पनीको प्रतिसेयर आम्दानीलाई ऋणात्मकबाट २ रुपैयाँमा बढे पनि नाफामा भने उलेख्य कमी आएको हो।

अघिल्लो वर्षको तुलनामा गत वर्षमा कम्पनीको नाफामा १९ लाख रुपैयाँले कमी आएको हो।

अघिल्लो वर्ष २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको कम्पनीले गत आव (असार मसान्तसम्म) १ अर्ब ८१ करोड रुपैयाँबराबरको नाफा गरेको छ। 

कम्पनीले सञ्चित कोषमा ४३ करोड १० लाख रुपैयाँ राखेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खराब कर्जा रेसियो ९.११ प्रतिशत छ भने ८९.२६ प्रतिशत रकम खराब कर्जा नोक्सानी व्यवस्थापनका लागि राखेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा छ भने पीई अनुपात ३६० रुपैयाँ १४ पैसा छ। प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad