कारोबार


आन्तरिक राजस्व विभागको निर्देशन पालना गर्न इसेवाको अपिल

आन्तरिक राजस्व विभागको निर्देशन पालना गर्न इसेवाको अपिल

नेपालखबर
साउन १७, २०८१ बिहिबार १८:२७, काठमाडौँ

इसेवाले आन्तरिक राजश्व कार्यालयको ‘व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने’ निर्देशनको पालना गर्न अपिल गरेको छ।

नेपाल सरकारको आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियमको कडा रुपमा पालना गर्न आन्तरिक राजस्व विभाग करदाता शाखाको निर्देशन रहेको छ।

निर्देशन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन।

जारी आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’ बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्यू आर मार्फत गर्न प्रोत्साहनका लागि यही अगस्ट १, २०२४ देखि इसेवाको ‘सेन्ड मनी’ सेवा प्रयोग गर्दा शुल्क लाग्ने इसेवाले जनाएको छ।

कम्पनीका अनुसार कारोबार दिनमा ३ पटक गरि महिनामा ३० पटक सम्म निःशुल्क रहनेछ, साथै रु १०० मुनिका सबै ‘सेन्ड मनी’ कारोबार निःशुल्क रहनेछन्। यो बाहेकका सबै ‘सेन्ड मनी’ कारोबारमा प्रति कारोबार रु १० सेवा शुल्क लागू हुनेछ।

सरकारको यो निर्देशन अनुसार भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्ना प्रयोगकर्ताहरुलाई पनि आफ्नो व्यापार तथा व्यवसायको भुक्तानी आफ्नो व्यक्तिगत इसेवा खातामा जम्मा नगर्न अनुरोध गरेको छ।

व्यापार व्यवसायमा भुक्तानी कारोबारलाई सहजीकरण गर्न मर्चेन्ट बनेर भुक्तानी रकमको निम्ति आफ्नो व्यावसायिक खाताको प्रयोग गर्न इसेवाले सुझाव दिनुका साथसाथै सो कार्य सम्भव गर्न हरबखत तयार रहेको कम्पनीले जानकारी गराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad