थाई एयर एसियाले भैरहवाबाट ४ वटा उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले ४ वटा नियमित उडान गर्नकोलागि अनुमति प्रदान गरेको हो।
त्रिभुवन विमानस्थलबाट उडान अनुमति माग गरेकोमा नागरिक उड्डयन प्राधिकरणले भैरहवा उडान गर्ने शर्तमा त्रिभुवन विमानस्थलको उडान अनुमति दिएको जनाएको छ।
‘एयर एसियाको थाइलेन्डमा भएको विंग्स (थाई एयर एसिया)ले त्रिभुवन विमानस्थलमा दैनिक एक उडान गर्नकोलागि अनुमति माग गरेको थियो,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्,‘२० सेप्टेम्बर २०२४ बाट उडान गर्ने अनुमति माग गरेको थियो। नोभेम्बर ८ बाट विमानस्थल १० घण्टा बन्द हुने भएकाले भैरहवाबाट पनि उडान हुनेगरी अनुमति प्रदान गरेका हौं।’
उडान अनुमति शाखा प्रमुख रहेका भुलले भैरहवाबाट ४ र काठमाडौंबाट ३ वटा बैंककमा उडान हुनेगरी थाई एयर एसियाले उडान अनुमति पाएको छ।
Shares

प्रतिक्रिया