ad ad

कारोबार


सनराइज बैंक मोबाइल बैंकिङ लिडर अवार्डबाट सम्मानित

सनराइज बैंक मोबाइल बैंकिङ लिडर अवार्डबाट सम्मानित

नेपालखबर
फागुन १८, २०७६ आइतबार १४:५३,

सनराइज बैंक लि. ले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ। बैंकले मोबाइल बैंकिङ सेवा मार्फत नबिनतम् सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहकहरु वृद्धि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल साक्षरता अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गर्दै आए बापत सम्मान स्वरुप अवार्ड प्राप्त गरेको हो। 

मोबाइल बैंकिङ सेवा प्रदायक संस्था ‘एफ १ सफ्ट इन्टरनेसनल’ का प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले शुक्रबार एक कार्यक्रमका बिच सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरे।

डिजिटल भुक्तानी क्षेत्रमा हालसालै स्थापित यस अवार्ड पाउने प्रथम बैंक हुन पाउँदा सन्राइज बैंक परिवार हर्षित भएका बैंकले जनाएको छ।

१५२ एटीएम, १३० शाखा, २००० भन्दा बढी मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्ट मार्फत ६ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा बिदेशमा समेत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले बिभिन्न ब्यापारिक प्रतिष्ठानहरु, होटल, हस्पीटल लगायतको क्षेत्रसँग समन्वय गरी बिभिन्न किसिमका छुट योजना, क्यासब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .