ad ad

कारोबार


कोरोना भाइरसका कारण चेम्बर एक्स्पो स्थगित, प्रकोप नियन्त्रण समिति गठन

कोरोना भाइरसका कारण चेम्बर एक्स्पो स्थगित, प्रकोप नियन्त्रण समिति गठन

नेपालखबर
फागुन १८, २०७६ आइतबार १२:५९,

संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल चेम्बर अफ कमर्सले यही फागुन १३ गते आयोजना गर्न लागेको ‘चेम्बर एक्स्पो’ स्थगित भएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम क्षेत्र भनिरहेको बेला चेम्बर एक्स्पो हालको लागि स्थगित गरिएको हो। साथै, चेम्बरले कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निजी क्षेत्रको तर्फबाट सहजीकरण समिति समेत गठन गरेको छ। चेम्बरका उपाध्यक्ष दीपककुमार मल्होत्राको संयोजकत्वमा आइतबार कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरिएको हो।

उक्त समितिमा चेम्बर कार्य समिति सदस्य मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दीपक श्रेष्ठ, दीपक कुँवर, देवेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्र शारदा, सञ्जय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा रहेको चेम्बरले जनाएको छ।

साथै यस प्रकोपबाट सकारात्मक उपायहरु अवलम्बन गर्नसमेत सबै पक्षसँग चेम्बरले अनुरोध गरेको छ।

चेम्बरले आइतबार प्रेस रिलिज गर्दै कोरोना भाइरसबाट सुरक्षित रहन मास्कजस्ता अति आवश्यक वस्तु सर्वसुलभ बनाउन सम्बन्धित निकायलाई अनुरोधसमेत गरेको छ।

‘कोरोना भाइरस प्रकोपबाट बच्न अति मास्क लगायतका सामग्रीहरुको आयातमा भन्सार तथा मूल्य अभिवृद्धि कर छुटका लागि समेत नेपाल सरकार समक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएका छ।

साथै, चेम्बरले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल र अन्य विभिन्न नाकाको आगमन कक्षमा प्रत्येक यात्रुको सघन स्वास्थ्य परीक्षण गर्नसमेत  सरकारसँग आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .