ad ad

रोचक


जब मास्क लगाएकी बालिकाले बिस्कुट खान खोजिन्...(भिडियो)

जब मास्क लगाएकी बालिकाले बिस्कुट खान खोजिन्...(भिडियो)

नेपालखबर
फागुन १८, २०७६ आइतबार १३:५,

हालै कोरोनाभाइरससँगै सम्बन्धीत चीनको एक भिडियो भाइरल बनेको छ। उक्त भिडियोमा एक बालिकाले मास्कमै बिस्कुट खान खोजेकी छन्।

कोरोनाको त्रासपछि हाल मानिसहरु विश्वभर नै मास्क लगाएर हिँड्छन्। चीनमा पनि मास्क लगाउन थालिएको छ।

उक्त भिडियो अनहुइ प्रान्तको भएको बताइएको छ। भिडियोमा बालिकाले मास्कमै बिस्कुट खान खोजेको देखिएको छ। तर उनी बिस्कुट खान असफल हुन्छिन्।

हाल मानिसहरुले उक्त भिडियोमा रमाइलो प्रतिक्रिया जनाइरहेका छन्।

(भिडियो)

 आइतबारसम्म विश्वमा ८७ हजार ५०१ जनामा कोरोनाको संक्रमण देखिएको छ। तीमध्ये २ हजार ९९४ जनाको मृत्यु भइसकेको छ।

४१ हजार ९५८ जना उपचारपछि स्वस्थ बनेका छन्। चीनमा मात्र कोरोनाबाट संक्रमित ७९ हजार ८२४ छन् भने त्यहाँ मृतकको संख्या २ हजार ८७० पुगेको छ।

कोरोना हाल विश्वका ४० भन्दाबढी मूलुकमा फैलिसकेको छ। कोरोना प्रकोपले यतिबेला महामारीको रुप लिने खतरा देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .