ad ad

कारोबार


नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा पर्‍यो ‘बम्बार्डियर सीआरजे २००’

नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा पर्‍यो ‘बम्बार्डियर सीआरजे २००’

बम्बार्डियर जहाज। तस्बिर : एभिएसन इन्फो


नेपालखबर
साउन ९, २०८१ बुधबार १५:२८, काठमाडौँ

क्यानेडियन कम्पनी बम्बार्डियरको सीआरजे २०० जहाज नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा परेको छ।

एभिएसन सेफ्टी नेटवर्कको रेकर्डअनुसार सन् २०१८ र २०१९ मा सीआरजे २०० सामान्य दुर्घटनामा परे पनि मानवीय क्षति नै हुने गरी भने बुधबार नै पहिलोपटक हो। 

क्यानेडियन कम्पनी बम्बार्डियरले सन् २००३ मा ९एन एएमई जहाज उत्पादन गरेको थियो। यसमा २ वटा जेट इन्जिन छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वैशाख १४ गते १ वर्षको लागि जहाज उडानको अनुमति दिएको थियो। उक्त दिनसम्म जहाजले २८ हजार ७८५ घण्टा ५७ मिनेट उडान भरिसकेको थियो।

नेपालमा बम्बार्डियरको जहाजबाट अहिले सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले उडान गर्दै आएका छन्।

सन् २०१८ सेप्टेम्बर १७ मा काठमाडौंबाट विराटनगर उडानको क्रममा यो जहाज चरासँग ठोक्किएको थियो। चालक दलसहित ५२ सवार जहाजमा त्यतिबेला सबै सकुशल थिए। जहाज विराटनगर पुगेपछि मात्रै चरा ठोक्किएको जानकारी पाइएको थियो।

सन् २०१९ नोभेम्बर ८ मा बम्बार्डियरकै श्री एयरलाइन्सको जहाज पार्किङको समयमा यति एयरलाइन्सको पंखासँग ठोक्किएको थियो। त्यतिबेला पनि कुनै मानवीय दुर्घटना भएको थिएन।

सन् २०२४ जुलाई २४ अर्थात् आज बुधबार भएको दुर्घटनामा भने चालक दलसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ।

उक्त उडान पनि मर्मतको लागि पोखरा उडान गर्ने क्रममा भएको हो। 

जहाज उत्पादक कम्पनीले सीआरजे २०० को पहिलो उडान सन् १९९५ मा सुरु गरेको थियो। विश्वभर हालसम्म कम्पनीका यस सिरिजका ७९ वटा जहाज दुर्घटनामा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .