कारोबार


प्लान्ट क्वारेन्टाइन व्यवस्थित पार्न कृषि समितिको निर्देशन

प्लान्ट क्वारेन्टाइन व्यवस्थित पार्न कृषि समितिको निर्देशन

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ८:३,

संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले प्लान्ट क्वारेन्टाइनलाई व्यवस्थित गरी किसानको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्लान्ट क्वारेन्टाइनको प्रावधानलाई बलियो बनाई किसानहरुको समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो। पछिल्लो समय क्वारेन्टाइन नभएका वस्तुहरु आयात गर्न दबाब बढ्न थालेपछि समितिले मन्त्रालयलाई क्वारेन्टाइनमा कडाइ गर्न भनेको हो।

बैठकमा सांसदहरुले क्वारेन्टाइनसम्बन्धी कानुन निर्माण गरेर कडाइका साथ कार्यान्वयनमा जानुपर्ने बताएका छन्। क्वारेन्टाइन चेकजाँच नहुँदा गुणस्तरहिन वस्तुहरु आइरहेको र यसले मानव स्वास्थ्यमा असर पार्ने भए पनि कानून निर्माण गरेर नै अगाडि बढ्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन्।

कानून निर्माण भएपछि वस्तु आयात गर्न दबाब दिने स्थितिको अन्त्य हुने तर्क सांसदहरुको थियो। सांसद देव प्रसाद तिमल्सेनाले क्वारेन्टाइन नभएका वस्तुहरु नेपाल भित्रन दिन नहुने बताए। त्यसका लागि कानून निर्माण गरेर अगाडी बढेमा मन्त्री तथा सांसदको दवावमा सामान ल्याउने परम्पराको अन्त्य हुने बताए।

उनले भने, ‘जुन पनि ल्याउँदा क्वारेन्टाइन नभएका चिजहरु नेपालमा भित्रिन भएन भन्ने कुरा कानून बनाउन पर्‍यो। त्यसलाई ठोस रुपमा जानुपर्‍यो। हामीले बनाएका कानुन भइसकेपछि त्यसमा भोलि माननीयले भन्ने मन्त्रीले भन्ने सबै कुराहरुको अन्त्य हुन्छ। त्यसकारण कुनै पनि शीर्षक बोट बिरुवादेखि बीउबीजन क्वारेन्टाइन नभएको, गुणस्तर नभएका चिज नल्याउने भनेर निर्णय गरिसकेपछि त्यो विषयमा बोल्नै पाएनन्।’

सांसद राजबहादुर बुढाक्षेत्रीले समितिले मूल मुद्दाहरुलाई छोडेर व्यक्ति विशेषको अनुहार हेरेर काम गर्न नहुने बताए। परम्परागत धङ्गधङिले कानून कार्यान्वयनमा समेत असर पारेको भन्दै त्यसलाई विस्थापित गरी नयाँ तरिकाले अगाडि बढ्ने गरी नीति निर्माण गर्नुपर्ने बताए।

उनले भने, ‘हामीले हाम्रा मूल मुद्दाहरुलाई छोडेर व्यक्ति विशेषको अनुहार हेर्न थाल्यौं भने राम्रो हुँदैन, कानुनले केही कुरा परम्परागत धङ्गधङीले अहिलेको कानुन कार्यान्वयनमा पनि असर गरेको छ, त्यो पनि हामीलाई थाहा छ।’ उनले परम्परागत कुरालाई व्यवस्थापन गरी केही नयाँ निकास निकाल्नुपर्ने बताए। त्यसमा ध्यान दिइएन भने कानुनी व्यवस्थामा चुनौती दिने उनले बताए।

सांसद पोल्देन छेपाङ गुरुङले ‘फाइटो सेनेटरी प्रमाणपत्र’ पेस नगरेसम्म प्लान क्वारेन्टाइन नदिने भएकोले प्लान क्वारेन्टाइन सम्बन्धी कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले किसानलाई सजिलो हेनेगरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘कुनै पनि चिजको क्वारेन्टाइन स्वीकृति लिनेभन्दा पनि त्यो सम्बन्धित ठाउँबाट जुन देशबाट एक्सपोर्ट गर्छ र हामीले इम्पोर्ट गर्छौं त्यो देशलाई फाइटो सेनेटरी पेस गरेको हुन्छ र त्यो पेस गरेन भने प्लान क्वारेन्टाइन दिदैन त्यसैले कानूनभित्र सबै रहन पर्छ र प्लान क्वारेन्टाइनबीना कुनैपनि चिज आयात गर्नुहुँदैन।’

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कानुनको व्यावहारिक पक्ष ख्याल गरेर काम गर्ने विषय सकारात्मक भएको बताए। उनले कानुन व्यावहारिक रुपमा कार्यान्वयन गर्न ध्यान नदिएर आफ्ना कुराहरु मात्र कार्यान्वयन गर्न खोजेमा समस्या आउने बताए।

उनले भने, ‘कानुनको व्यावहारिक पक्ष के हुन्छ त्यसलाई अलिकति ख्याल गरौं भन्ने कुरा असाध्यै महत्वपूर्ण छ र जुनसुकै मुलुकमा कानुन व्यावहारिक हिसाबले लागू हुन्छ, त्यसरी हेर्दाखेरि हाम्रो कानुन कानुनमा अडिनैपर्छ । तर कानुन व्यावहारिक हुन्छ, त्यो एउटा कुरालाई कही न कही हामीले हेर्नुचाहिँ पर्छ तर मैले यहाँ नि, यो हुनैपर्छ भन्न थाल्यौं भने हामीले कस्तो सुरु गरौंला त्यसको बारेमा हामीले गम्भीर सोच्नुपर्छ।’

प्लान क्वरोन्टाइनबिना बीउबिजन ल्याउँदा उत्पानमा समस्या हुने र किसानलाई नोक्सानी पु¥याउने भएकाले गम्भीर छलफल गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad