काठमाडौं महानगरले १ अर्ब ६२ करोड रुपैयाँ बढाएर बजेट ल्याएको छ।
आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ७० करोडको बजेट ल्याएको हो।
महानगरले चालू आर्थिक वर्षका लागि २४ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले पूर्वाधार क्षेत्रमा मात्रै ६१.२ प्रतिशत बजेट छुट्याएकी छन्।
बजेट वक्तव्यअनुसार पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड विनियोजन भएको छ।
प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड, सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड छुट्याएको छ।
यो पनि-
348
Shares
प्रतिक्रिया