काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्न थालिएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोलले १५ औँ नगरसभाको तेस्रो बैठकमा अहिले बजेट पढेर सुनाइरहेकी छिन्।
काठमाडौँ महानगरले आजै बिहानमात्रै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रम पारित नगरी बजेट प्रस्तुत गर्न नहुने केही नगरसभा सदस्यहरूले बताएका थिए।
तर, मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम र बजेट एकैदिन पारित गर्ने बताउँदै उपप्रमुख डंगोललाई बजेट पढ्न आग्रह गरे।
‘नीति तथा कार्यक्रम एकैदिन प्रस्तुत गर्ने र अर्को एकैदिन पारित गर्ने चलन छ सोही अनुसार गरौँ,’ बैठकमा मेयर शाहले भनेका छन्।
807
Shares
प्रतिक्रिया