ad ad

बागमती


बालेनलाई प्रश्न– सिंहदरबार जलाउँछु भन्दा तपाईं बस्ने दरबार जलाए के हुन्छ?

बालेनलाई प्रश्न– सिंहदरबार जलाउँछु भन्दा तपाईं बस्ने दरबार जलाए के हुन्छ?

नेपालखबर
असार १०, २०८१ सोमबार १७:४७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी नगरसभा सदस्य अनिता कार्की ढोलीले दलहरूको विकल्प एउटा व्यक्ति हुन नसक्ने बताएकी छिन्। 

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेल क्रममा उनले मेयर बालेन्द्र शाह (बालेन)ले व्यक्तिगत रिसइबी साँध्न सिंहदरबार जलाउने प्रतिक्रिया दिएको बताएकी छिन्। 

सिंहदरबारमा आगो लगाउने अभिव्यक्ति दिँदैगर्दा मेयर शाह आफैँ बस्ने दरबार महानगरवासीले जलाए के हुन्छ? भन्दै प्रश्न गरिन्।

‘प्रमुखज्यू जुन कुर्सीमा बसिराख्नु भएको छ, त्यो कुर्सीको अधिकार संविधान र कानुनले निर्धारण गरेको हो। जुन अधिकार सिंहदरबारले दिएको हो, उनले अघि भनिन्, ‘कसैले पनि व्यक्तिगत रिसइबी साँध्न सिंहदरबार जलाउँछु भन्नु भयो। यदि तपाईंले ऐस आराम गरेर बस्ने भव्य दरबार महानगरबासीले जलाए भने के हुन्छ? यसबारे केही सोच्नु भएको छ? दलहरूको विकल्प दलहरू नै हुन सक्छन्, कोही एउटा व्यक्ति हुँदैन।’

मेयर साहले केही महिनाअघि सिंहदरबार जलाउँछु भन्दै अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिबारे सामाजिक सञ्जालमा आलोचना पनि भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .