ad ad

कारोबार


केहीले बदनाम गराउँदैमा समग्र सहकारीलाई नराम्रो भन्न मिल्दैन : श्रममन्त्री अर्याल

केहीले बदनाम गराउँदैमा समग्र सहकारीलाई नराम्रो भन्न मिल्दैन : श्रममन्त्री अर्याल

नेपालखबर
असार ९, २०८१ आइतबार १७:५९, काठमाडौँ

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिहरुले सहकारीलाइ बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्ने बताएका छन्।

प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भने, ‘चार खर्ब भन्दा बढी बचत सहकारीमा छ। नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ। पैसालाई कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो। सहकारीका कारण कति उद्यमी बनेका छन् । यस क्षेत्रमा सहकारीको आवश्यक छ।’

केही व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न नमिल्ने मन्त्री अर्यालले बताए।

उनले भने, ‘केहि मानिसहरु सहकारीको बदनाम गर्न लागिरहेका छन्। सहकारीको बदनाम गर्ने बित्तीकै सहकारी नराम्रो भन्ने खालको भाष्य स्थापना गर्न दिन हुँदैन । केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न मिल्दैन।’

सहकारीले देशमा गरेको योगदानबारे बहस गर्नु पर्ने उनले सुझाव समेत दिए। सहकारीले भोलिका दिनमा कसरी काम गर्ने र सहकारीलाई कसरी अब चलाउने भन्नेबारे चर्चा गर्न ढिला गर्न नहुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .