ad ad

राजनीति


प्रधानमन्त्रीसँग जादुवाला नम्बर छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ : बर्तौला

प्रधानमन्त्रीसँग जादुवाला नम्बर छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ : बर्तौला

नेपालखबर
असार ९, २०८१ आइतबार १८:८, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कमाण्डमा देश अघि बढ्ने बताएका छन्। आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारमा रहेका मन्त्रीले प्रधानमन्त्रीलाई नटेर्ने भन्ने कुरा नहुने बताए। 

प्रधानमन्त्री अहिले सबै किसिमले बलियो रहहेको उनको जिकिर थियो।

‘पहिलो दल प्रतिपक्षमा छ, तेस्रो दलले सरकारको नेतृत्व गरिहरेको छ। त्यस हिसाबले उहाँले र उहाँको पार्टीलाई हाम्रो दलको संख्या जादु नम्बरवाला हो भन्ने लाग्ने कुरालाई अस्वभाविक मान्न सकिँदैन। यो सरकार पाँच वर्ष जान्छ, कसैले भत्काउन सक्दैन। भत्काउन नसक्ने गरी छ,’ उनले भने, ‘तेस्रो दल भएर पनि सरकारको नेतृत्वमा पुग्नेगरी अवस्था जुन बन्यो, त्यो उहाँले राख्नुभएको कुरामा कतै न कतै सत्यता होला।’

प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका राजनीतिक दलहरूको रहेको उनको भनाइ थियो। पहिलो दल प्रतिपक्षमा र तेस्रो दलले सत्ता चलाइरहेको अवस्थालाई लिएर आफ्नो संख्या जादुमय हो भन्नुलाई अस्वभाविक रुपमा लिन नसकिने पनि उनले बताए। 

‘नेकपा एमाले वा सत्ता घटक दलका कोही पनि मान्यज्युहरुले प्रधानमन्त्रीलाई अटेर गर्ने भन्नेकुरा हुँदैन, प्रधानमन्त्रीको कमाण्डमा देश अघि बढ्छ, प्रधानमन्त्री बलियो हुनुहुन्छ, प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका हामी दलहरूको हो। सरकारले राम्रो काम गर्नेगरी अघि बढाइरहेको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .