नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसँग विशेष अदालतले बयान लिएको छ।
वाइडबडी खरिदमा भएको घोटाला प्रकरणमा आइतबार विशेष अदालतमा बयान लिइएको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा अहिले बयान लिने काम भइरहेको छ।
वायुसेवा निगममा महाप्रबन्धक भएको बेला दुईवटा वाइडबडी जहाज खरिद गरिएको थियो। सो खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियारले कंसाकारसहित ३० जनाविरुद्ध २०८० चैत २२ मा भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो।
सो प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, महाप्रबन्धक कंसाकारसहित ३० जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा फाइल पठाएको थियो।
यो पनि-
वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, ३० जनाविरुद्ध मुद्दा
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, फाइल विशेष अदालतमा
पर्यटन मन्त्रालयका सहसचिव लामिछाने पनि वाइडबडी भ्रष्टाचारमा मुछिए
762
Shares

प्रतिक्रिया