ad ad

कारोबार


वाइडबडी खरिद भ्रष्टाचार : विशेष अदालतमा सुगतरत्न कंसाकारको बयान

वाइडबडी खरिद भ्रष्टाचार : विशेष अदालतमा सुगतरत्न कंसाकारको बयान

नेपालखबर
असार ९, २०८१ आइतबार १२:४९, काठमाडौँ

नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसँग विशेष अदालतले बयान लिएको छ। 

वाइडबडी खरिदमा भएको घोटाला प्रकरणमा आइतबार विशेष अदालतमा बयान लिइएको हो। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा अहिले बयान लिने काम भइरहेको छ। 

वायुसेवा निगममा महाप्रबन्धक भएको बेला दुईवटा वाइडबडी जहाज खरिद गरिएको थियो। सो खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियारले कंसाकारसहित ३० जनाविरुद्ध २०८० चैत २२ मा भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो।

सो प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, महाप्रबन्धक कंसाकारसहित ३० जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा फाइल पठाएको थियो। 

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .