ad ad

समाज


पर्यटन मन्त्रालयका सहसचिव लामिछाने पनि वाइडबडी भ्रष्टाचारमा मुछिए

पर्यटन मन्त्रालयका सहसचिव लामिछाने पनि वाइडबडी भ्रष्टाचारमा मुछिए

सहसचिव बुद्धिसागर लामिछाने


नेपालखबर
चैत २२, २०८० बिहिबार १५:५२, काठमाडौँ

 नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भएको भनिएको भ्रष्टाचार प्रकरणमा सरकारका एकजना सहसचिव पनि मुछिएका छन्।

२४ अर्ब रुपैयाँका ती दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ।

यस प्रकरणमा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउँदा बहालवाला सहसचिव बुद्धिसागर लामिछाने पनि मुछिएका हुन्। 

पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सहसचिव लामिछानेविरुद्ध पनि अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा चलाएको हो।

उनी लामो समयदेखि पर्यटनमन्त्रालयमै कार्यरत छन्। अख्तियारले तत्कालीन अवस्थामा नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्यका रुपमा रहेका लामिछानेसहित अधिकांशविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।

लामिछानेसँगै भन्सार विभागका तत्कालीन महानिर्देशक एवम् नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, अन्य सदस्यहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा र मुक्तिराम पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .