ad ad

कारोबार


धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा सांसद खतिवडाको आपत्ति

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा सांसद खतिवडाको आपत्ति

नेपालखबर
असार ५, २०८१ बुधबार १४:१२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले धितोपत्र बोर्ड नेपालको अध्यक्ष नियुक्ति प्रक्रियामा प्रश्न उठाएका छन्। 

बुधबार संसद बैठकमा बोल्दै उनले सरकारले कानुनी प्रक्रिया मिचेको भन्दै आपत्ति जनाए। 

लामो समयदेखि बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया रोकिँदै आएको छ। पछिल्लो समय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ संयोजकत्वको नियुक्ति सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्टमा राखेर अन्तर्वार्ता र उनीहरुको कार्ययोजना प्रस्तुतीकरण राखेको थियो।

तर ५ मध्ये ३ जनाले उक्त अन्तर्वार्ता नै बहिष्कार गरेका थिए। दोस्रोपटक बुधबार पनि ३ जना अनुपस्थित भएपछि समिति नै अन्योलमा परेको छ। योसँगै समिति रद्द हुने प्रक्रियामा छ। यद्यपि २ जनाको नाम सिफारिस गर्नेबारे भने समितिले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको छ। 

आइतबार अध्यक्ष पदका लागि छनौट भएका ५ जनामध्ये बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए।

तर अन्य ३ जना बोर्डका कार्यकारी निर्देशक डा।नवराज अधिकारी, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की अनुपस्थित थिए।
 
सांसद खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कानूनी प्रक्रिया नपु¥याइकन नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .