ad ad

कारोबार


दोस्रोपटक पनि अन्तर्वार्तामा आएनन् ३ जना, धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्ने तयारी

दोस्रोपटक पनि अन्तर्वार्तामा आएनन् ३ जना, धितोपत्र  बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्ने तयारी

कृष्णबहादुर कार्की, मुक्ति श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, चिरञ्जीवी चापागाईं, नवराज अधिकारी (दायाँबाट क्रमश:)।


नेपालखबर
असार ५, २०८१ बुधबार ११:३३, काठमाडौँ

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि लिएको दोस्रो पटकको अन्तर्वार्तामा समेत तीन जना उम्मेदवार अनुपस्थित भएका छन्। योसँगै अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्ने तयारी भइरहेको छ। 

स्रोतका अनुसार ९ बजे बोलाइएको अन्तर्वार्तामा कोही पनि नआएपछि सिफारिस समितिले रद्द गर्ने प्रक्रिया सुरु गरेको हो। 

धितोपत्रसम्बन्धी ऐनमा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ। तर हालसम्म २ जनाले मात्र अन्तर्वार्तामा सहभागिता जनाएका छन्। 

सिफारिस गर्ने उम्मेदवारहरुको संख्या नै नपुगेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको समिति नै रद्द हुने अवस्थामा पुगेको हो। 

आइतबार अध्यक्ष पदका लागि छनौट भएका ५ जनामध्ये बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए।

तर अन्य ३ जना बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की अनुपस्थित थिए।

अनुपस्थित तीनै जनालाई समितिले आज दोस्रो पटक अन्तर्वार्ताका लागि बोलाएको थियो। 

कार्कीले उपत्यकाबाहिर रहेको भनेपछि सिफारिस समितिले दोस्रो पटक अन्तर्वार्ताको लागि आज समय तोकेको थियो।

तर कार्कीसहित तीनै जना आज पनि उपस्थित नभएपछि प्रक्रिया नै रद्द गर्न लागिएको हो। अब अर्थमन्त्रीले प्रक्रिया रद्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेपछि यो समिति रद्द हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .