ad ad

राजनीति


पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणबारे सांसद खतिवडाले मागे सरकारको जवाफ

पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणबारे सांसद खतिवडाले मागे सरकारको जवाफ

नेपालखबर
असार ५, २०८१ बुधबार १४:१६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनै पनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधान लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गरेका छन्। 

बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको भन्ने समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नवीकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गरेका हुन्। 

उनले भने, ‘राज्यले सोबारेमा के सोचेको छ? संविधानतः पार्टी सदस्यता नवीकरण गर्न पाइन्छ कि पाइँदैन भन्नेबारेमा सरकारले संसदलाई जवाफ दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .