ad ad

कारोबार


लन्डन बन्यो युरोपकै ठूलो सेयरबजार

लन्डन बन्यो युरोपकै ठूलो सेयरबजार

लन्डन स्टक एक्सचेन्ज (बिटक्वाइन म्यागजिनबाट)


नेपालखबर
असार ४, २०८१ मंगलबार १२:२४, काठमाडौँ

संयुक्त अधिराज्य बेलायतको मुख्य सेयरबजारले युरोपकै उच्च मूल्यवान् बजारको स्थान झण्डै २ वर्षपछि आफ्नो नाममा पारेको छ। 

लन्डन स्टक एक्सचेन्ज (एलएसई) मा सूचीकृत कम्पनीहरुको मूल्य सोमबार ३१ खर्ब ८० अर्ब अमेरिकी डलर पुगेको हो।

ब्लुमबर्गका अनुसार लन्डनले पेरिसको सेयरबजारलाई पछि पार्दै ठूलो सेयरबजार बनेको हो। 

पेरिसमा सूचीकृत कम्पनीहरुको मूल्य ३१ खर्ब ३० अर्ब डलर रहेको छ। फ्रान्सको पछिल्लो चुनावी परिणामपछि यसको असर सेयरबजारमा देखिएको बताइएको छ। यता बेलायती सेयरबजार धेरै वर्षको सुस्ततापछि बल्ल तंग्रिन थालेको छ। 

२०२२ नोभेम्बरअघि धेरै वर्ष लन्डन युरोपको ठूलो सेयरबजार रहँदै आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .