कुमारी बैंकले बिक्रीमा राखेको संस्थापक समूहको सेयर खरिदको लागि आवेदन दिने समय ११ गतेसम्म थप गरेको छ।
एक सूचना जारी गर्दै बिक्री प्रबन्धक कुमारी क्यापिटलले यही असार ११ गतेसम्म इच्छुक खरिदकर्तालाई गोप्य सिलबन्दी आवेदन पेस गर्न भनेको हो। यसअघि आजसम्मको म्याद थियो।
बैंकको संस्थापक समूहको ५ लाख ८१ हजार २ सय ५१ कित्ता सेयर बिक्रीमा राखिएको छ। यसको न्यूनतम मूल्य प्रतिकित्ता सय रुपैयाँ रहेको छ।
765
Shares

प्रतिक्रिया