ad ad

कारोबार


धितोपत्र बोर्डको अध्यक्षका लागि लिइएको अन्तर्वार्तामा नआउनेलाई बुधबार बोलाइयो

धितोपत्र बोर्डको अध्यक्षका लागि लिइएको अन्तर्वार्तामा नआउनेलाई बुधबार बोलाइयो

धितोपत्र बोर्डका लागि बोलाइएका ५ जना।


नेपालखबर
असार २, २०८१ आइतबार १८:१४, काठमाडौँ

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आज लिइएको अन्तर्वार्तामा अनुपस्थित उम्मेदवारलाई बुधबार पुन: बोलाइएको छ।

अर्थ मन्त्रालयले आइतबार सूचना जारी गर्दै तीन जना अनुपस्थित उम्मेदवारलाई बुधबार अन्तर्वार्ताका लागि आउन भनेको हो। 

अर्थ मन्त्रालयले  गठन गरेको अध्यक्ष सिफारिस समितिले आज अन्तर्वार्ताका लागि छनोटमा परेका पाँच जनालाई प्रस्तुतीकरणसहित बोलाएको थियो।

अन्तर्वार्तामा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र व्यवसायी सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित थिए। बाँकी बोर्डका कार्यकारी अधिकृत डा. नवराज अधिकारी, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेपाल स्टक एक्स्चेन्जका कृष्ण बहादुर कार्की अनुपस्थित थिए। 

दुई जना मात्रै उपस्थित भएका कारण सिफारिस समितिले नाम सिफारिस गर्न सकेन। धितोपत्र ऐनअनुसार तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था थियो।

यसले गर्दा सिफारिस समितिले आइतबारको अन्तर्वार्ताबाट नाफा मन्त्रिपरिषदमा पठाउन नसकेपछि मन्त्रालयले नयाँ सूचना जारी गर्दै असार ५ गते बुधबार ९ बजे राष्ट्रिय योजना आयोगमा उपस्थित हुन भनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .