ad ad

कारोबार


अन्तर्वार्तामा बोलाइएकामध्ये ३ जना आएनन्, अन्योलमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति

अन्तर्वार्तामा बोलाइएकामध्ये ३ जना आएनन्, अन्योलमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति

छनोटमा परेका ५ जना।


नेपालखबर
असार २, २०८१ आइतबार १५:५९, काठमाडौँ

आइतबार नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनौटमा परेका उम्मेदवार नै अन्तर्वार्तामा आएनन्।

छनौटमा परेका पाँच जनामध्ये २ जना मात्रै अन्तर्वार्तामा सहभागी भएपछि सिफारिस समितिलाई मन्त्रिपरिषदमा नाम पठाउने वा नपठाउने भन्ने अन्यौल भएको छ। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वको सिफारिस समितिले आज पाँच जनाबाट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने कार्यक्रम थियो।

तर अन्तर्वार्तामा ५ मध्ये मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भए भने तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्स्चेन्जका कार्यकारी प्रमुख कृष्ण बहादुर कार्की र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनुपस्थित भए। 

३ जना अनुपस्थित भएपछि सिफारिस समितिले नाम पठाएको छैन। 

स्रोतका अनुसार अन्तर्वार्ताको सूचना आउनुपूर्व नै अध्यक्ष चयन भइसकेको भन्दै विरोधस्वरुप ३ उम्मेदवार अन्तर्वार्ता दिन नगएका हुन्।

धितोपत्रसम्बन्धी ऐनमा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ।

अन्तर्वार्तामा २ जना मात्रै सहभागी भएपछि नियुक्ति प्रक्रिया अन्यौलमा परेको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्बको चलखेल भएको भन्दै उजुरी समेत परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .