ad ad

समाज


मेलम्चीको पानी काठमाडौँ पथान्तरण गर्न कुनै व्यवधान हुँदैन : मेयर तामाङ

मेलम्चीको पानी काठमाडौँ पथान्तरण गर्न कुनै व्यवधान हुँदैन : मेयर तामाङ

नेपालखबर
असार २, २०८१ आइतबार १६:३, काठमाडौँ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताएका छन्। 

मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको सन्दर्भमा आयोजित जलवायुजन्य हानी तथा नोक्शानी र मेलम्ची बाढी विषयक नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

संघ सरकारले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची—हेलम्बु क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन नगरेकोप्रति भने उनले आपत्ति जनाए। 

‘भोलिको दिनमा मेलम्ची खानेपानी काठमाडौा पथान्तरण हुने कुरामा मेलम्ची नगरपालिकाको ठूलो सहयोग पुग्नेछ, हाम्रो तर्फबाट कहीँ कतै बाधा, व्यवधान खडा हुँदैन,’ मेयर तामाङले भने, ‘प्रोजेक्ट जानुपर्छ र यहाँका स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत संघीय सरकारले यो सम्बोधन हुनुपर्छ। मेलम्चीमा आउने बाढी, पहिरो नियन्त्रणका लागि यहाँहरुको ठूलो सहयोग पुग्नेछ।’ 

मेलम्चीको दिगो व्यवस्थापन स्थानीय सरकार एक्लैले गर्न नसक्ने भन्दै उनले संघ र प्रदेश सरकारले बजेटमा समेट्न आवश्यक रहेको पनि बताए। मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर सरकारले चासो नदेखाएको मेयर तामाङले गुनासो गरे। 
मेलम्ची खानेपानी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै आयोजनाले स्थानीयहरुले राहत पाउनुका साथै विकास निर्माणमा ठूलो टेवा पुगेको पनि उनले बताए। 

‘मेलम्ची र हेलम्बुमा २०७८ साल असार १ गते बाढी पहिरो गयो, जसबाट ठूलो जनधनको क्षति हुन पुग्यो। त्यसको तथ्यांक हामीले अघि नै मेलम्ची नगरपालिकाको तर्फबाट जानकारी गराइसकेका छौँ,’ उनले भने, ‘अब मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर हामी जानुपर्छ। मेलम्ची र हेलम्बुबारे सरकारको नीति के हो? नीति तथा कार्यक्रममा आउन सकेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .