कारोबार


चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

नेपालखबर
फागुन १२, २०७६ सोमबार ९:२३,

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम शुरु भएको छ।

कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरुको आम्दानी वृद्धि गर्दै जीवनस्तर माथि उकास्ने उद्देश्यसाथ उक्त तालीमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताए।

सातदिने आवासीय तालीमको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेशसभा सदस्य एवं विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपालमा कफीखेतीको प्रचुर सम्भावना भएको र यसको माग राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गएको उल्लेख गरे।

उनले कफीलाई निर्वाहमुखी मात्र हैन यसलाई व्यवसायिमुखी बनाउँदै लैजान सकेमा यसले देशको अर्थतन्त्रलाई बलियो आधार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले पछिल्लो समयमा किसान कफीखेती उत्पादनमा लागे पनि उनीहरु अझै व्यवसायतर्फ उन्मुख हुन नसकेकोले स्थानीय सरकारले कफी उत्पादक किसानका लागि अनुदानको व्यवस्था गरेर कफीखेतीमा लाग्न प्रोत्साहित गरेको जानकारी गराए।

तालीममा कफी विशषेज्ञले कफीखेतीलाई कसरी व्यवस्थित रुपमा अघि बढाउने, नर्सरी स्थापना कसरी गर्ने, बगैँचा निर्माण, बीउ र माउबोट छनौट, बीउ सङ्कलन, ब्याड तयारी कफीमा लाग्ने रोग किराको चिनारी, कफी सङ्कलन, प्रशोधन र बजारीकरणलगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक रुपमा तालीम उपलव्ध गराइने बताइएको छ।

तालिममा सहभागिताका लागि बाह्य अनुसन्धान महाशाखा खुमलटारले गोरखापत्र र परिषद्को वेबसाइटमार्फत आवेदन माग गरी प्राप्त आवेदनमध्येबाट मूल्याङ्कनका आधारमा १४ जिल्लाका २५ कफी कृषकलाई छनौट गरी तालिममा सहभागी गराइएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रविधिक अधिकृत शम्शेर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad