एन आई सी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच यस बैंकका ग्राहकहरुलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट विभिन्न मोडलका सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुटसम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरि सोनी ब्राभियाका उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम रू. २ हजार सम्म छुट प्राप्त गर्न सकिनेछ। यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ। बैंकका ग्राहकको अधिकतम लाभका लागि यो योजना ल्याइएको बैंकले जनाएको छ।
बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ। जसअनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सकिनेछ। उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहकहरूले सजिलै प्राप्त गर्न सक्नेछन्।
विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट पीओएस तथा १२,००० भन्दा बढि स्थानहरुबाट क्यूआर कोड स्क्यान सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकहरूले मर्चेन्टहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न यस बैंकको वेबसाइट डब्लुडब्लुडब्लु डट एनआईसी एशियाबैंक डटकममा हेर्न सकिनेछ।

प्रतिक्रिया