ad ad

कारोबार


राष्ट्र बैंक भन्छ : सम्पत्ति शुद्धीकरणको नाममा फौजदारी तवरबाट भएको आम्दानीलाई वैध देखाउन मिल्दैन

राष्ट्र बैंक भन्छ : सम्पत्ति शुद्धीकरणको नाममा फौजदारी तवरबाट भएको आम्दानीलाई वैध देखाउन मिल्दैन

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १७:५६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणमा लचिलो नहुने संकेत गरेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा राष्ट्र बैंकका निर्देशक हरि नेपालले यस्तो संकेत गरेका हुन्। 

व्यवसायीहरुले सबै सम्पत्ति अभिलेखीकरण गर्नुपर्ने बताइरहेका बेला राष्ट्र बैंकले भने त्यसलाई अस्वीकार गर्ने देखिएको हो। 

कार्यक्रममा निर्देशक नेपालले भने, ‘एकपटक सबैले सम्पत्ति अभिलेखीकरण गर्दा फौजदारी तवरबाट गरेको आम्दानीलाई वैध देखाउन मिल्दैन।’

त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराईले व्यवसायीलाई कारोबारका विषय अभिलेख राख्न आग्रह गरे। उनले सम्पत्ति शुद्धीकरणबारे विदेशमा गरेका प्रतिबद्धता पूरा हुनुपर्ने बताए। 

उनले भने, ‘नेपाल अहिले ग्रे जोनमा रहेको अवस्थामा कमजोरी सुधार गर्नुपर्छ।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .