ad ad

राजनीति


संघीय संसदमा सांसदको संख्या बढी भयो : चन्द्र भण्डारी

संघीय संसदमा सांसदको संख्या बढी भयो : चन्द्र भण्डारी

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १७:५७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन्।

निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको उनको निष्कर्ष थियो।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भण्डारीले सांसदहरुलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेटलगायतका विषयमा समस्या देखिने गरेको बताए।

सांसद भण्डारीले भने, ‘मैले हिजो सदनमा पनि बोलेको छु। यो संख्या नै बढी भयो। सुविधा पनि छैन, अध्ययन पनि छैन। सख्या बढि भयो। संख्या कसरी बढि भयो भने एकातिर इलेक्सनबाट लडेको छ। अर्कातिर समानुपातिकबाट आएको छ। एकातिरकालाई जनतासँग कसरी जाने भन्ने छ? के लिएर जाने भन्ने छ?’

उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए।

सांसद भण्डारीले स्थिर सरकार नहुँदा मुलुकमा धेरै समस्या देखिएको पनि उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .