ad ad

कारोबार


बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्र प्राथमिकीकरण भएर आएको छ : सांसद वाग्ले

बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्र प्राथमिकीकरण भएर आएको छ : सांसद वाग्ले

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १४:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्रहरुको प्राथमिकीकरण गरेर आएको बताएका छन्। 

मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। उपसभापति डा.वाग्लले बजेटमा पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याउनु मिसन मोड भएको संज्ञा दिए। 

उनले सरकारले पाँचभन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको बताए। उनले आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवयेर निर्यात पु¥याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको बताए। 

उनले यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको बताए। उनले सरकारले यसमा थप आइटी पार्क, स्वदेशी स्वट्वयेरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आईटी बोर्डहरु बनाउने र विदेशमा पनि आईटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर लक्ष्य पूरा हुने बताए। 

उनले एक सय वर्षको इतिहासमा ऊर्जामा करिब ३ हजार मेगावटाको हाराहारीमा जडि क्षमतामा आइपुगेको भन्दै आगामी वर्ष सालसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य राखिएको भन्दै जलविद्युत् क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्ने बताए।

उनले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सरकारले पर्यटकको टाउँको गन्ने मात्रै भन्दा पनि दैनिक खर्च र पर्यटकको औषत बसाईलाई लम्ब्याउने गरी मिसन मोडमा काम गर्नुपर्ने उल्लेख गरे। —न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .